सेनाका जरर्नेलले कोरोना जितेर घर फर्किए

१५ जेठ, काठमाडौं । पछिल्लो दिनमा कोरोना भाइरसका संक्रमित थपिदै गइरहेको बेला नेपाली सेनाका एक उच्च अधिकारी सहित दुई जना कोरोनामुक्त भएका छन् ।

मध्यपूर्वी पृतना रौतहटमा कार्यरत दुबै जना कोरोनाबाट निको भएका नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

गत जेठ ३ गते मध्यपूर्वी पृतनाका एक उच्च सैनिक अधिकारीसहित दुई जनामा संक्रमण पुष्टि भएको थियो ।

अर्का एकजना भने सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी हुन् ।

उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो ।