कुखुरा खान खोरमा पसेको चितुवा नियन्त्रणमा

१६ जेठ, काठमाण्डौ । कीर्तिपुरको कुखुरा फार्ममा कुखुरा खान छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

आज शुक्रबार बिहान कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँस्थित हमाल तामाङको कुखुरा फार्ममा चितुवा पसेको थियो । फार्ममा चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

फार्मबाट कुखुरा घट्दै गएको थाहा पाएपछि चितुवा समात्न पासो लगाइएको थियो ।

त्यसपछि सदर चिडियाखाना जावलाखेल र प्रहरीको संयुक्त टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो ।