बजेटमाथि काँग्रेसको प्रतिक्रिया नेकपाको असफलताको दस्तावेज

१५ जेठ, काठमाडौं । सरकारकाले आर्थिक वर्ष २०७७–७८ को आज संघीय संसदमा प्रस्तुत गरेपछि बजेटमाथि प्रतिक्रिया दिंदै प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आज बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए ।

‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो ।

रिजालले सरकारले अप्ठ्यारोमा आँखा खोल्न नसकेको भन्दै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिए पनि ठोस रुपमा अङ्कमा नआएको बताए ।

अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजस्वको लक्ष्य भेट्न कठिन हुने रिजालको भनाइ छ । राजस्वको अनुमान संशोधितभन्दा २२ प्रतिशतले बढाउने भन्नुभएको छ, जुन यथार्थपरक छैन ।

डा. रिजालले संशोधित १२१ अर्बबाट तीन सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताए । उनले लक्ष्यअनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताए । ‘जसले आज संकटमा परेका व्यावसायीलाई तङ्ग्रिने बाटो दिँदैन ।