बेनीमा मालिका गाउँपालिकाका ३० बर्षीय पुरुषलाई कोरोना पृष्टि

१५ जेठ, पोखरा । कोरोना संक्रमित थपिने क्रममा म्याग्दीमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा आज बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जानकारी दिएको छ ।

कोरोना पुष्टि भएका पुरुष बेनी नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेका थिए । पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई बेनीकै आइसोलेसनमा राखिएको पोखरा स्वास्थ्य निर्देशनालय दिर्नेशनालयले जनाएको छ ।