आर्थिक वर्ष २०७७–०७८ को बार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट प्रस्तुत

१५ जेठ, काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६–७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–०७९ को बजेटको पूर्ण पाठ यसप्रकार छ :
तल बजेट वक्तव्यमा क्लिक गर्नुहोस् ।

बजेट_वक्तव्य_२०७७_website