७६ बर्षीय एक बृद्धाको टिचिङमा उपचार हुँदै उनी कोरोना संक्रमित भएको पृष्टि

१५ जेठ काठमाण्डौ । दोलखा भिमेश्वर नगरपालिका–२ का ७६ वर्षीय वृद्धमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा संक्रमण पुष्टि भएकोबारे प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् ।

अहिले संक्रमितको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको छ ।

उपचारर्थ चिकित्सकका अनुसार उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट गएराति टिचिङ ल्याइएको हो । उनको न्यूरो सर्जरी समेत गरिएको छ । उनमा हिजै राति संक्रमण पुष्टि भएको थियो ।

प्रजिअ शर्माका अनुसार संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो ।

काठमाडौंमा उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।