जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म खुसी छु

अध्यक्ष, प्रचण्ड

१५ जेठ काठमाण्डौ । सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन् ।

संसदबाट फर्किने क्रममा बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले , ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म खुसी छु ।

आर्थिक वर्ष २०७७–०७८ को बजेटले सबै समुदाय, त्यसमा पनि निम्नवर्गका जनतालाई सम्बोधन गर्ने र राहत दिनेगरी आएको बताए ।