सुदूरपश्चिमको कैलाली र दार्चुला गरी तीन जना कोरोना संक्रमित थपिए

१५ जेठ कैलाली । नेपालका कोरोना भाइरसका संक्रण थपिने क्रमा सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली र दार्चुलामा बिहीबार नयाँ संक्रमित पुष्टि भएको हो ।

कैलालीको जानकी गाउँपालिकाका ४ का २५ र ३० वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका–५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठलले जानकारी दिए ।

२५ वर्षीय युवक भारतको महाराष्ट्रबाट जेठ १ मा टीकापुरको खक्रोला नाका हुँदै लुकेर नेपाल भित्रिएका हुन् भने

अर्का संक्रमित जेठ ३ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।
पुगेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएको छ । हालसम्म पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् ।