कर्णालीमा एक वर्षका बालक सहित ८ जनामा कोरोना संक्रमित पृष्टि

१५ जेठ, सुर्खेत । कोरोना संक्रमित थपिने क्रममा आज कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडा नम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ ।

दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।