Breaking News

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्यीय कार्यसमिति यस्तो छ : नामावलीसहित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल फुटेर पार्टीका नेता अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुँदै ३१ सदस्य कार्यसमिति गठन भएको छ । आज बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

jsp ashok