Breaking News

जनता समाजवादी पार्टी नेपाल विभाजित अशोक राईसहित ७ सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

जसपा नेपालसँग प्रतिनिधि सभामा १२ सांसद छन् ।