लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ

प्रधानमन्त्री , केपी शर्मा ओली

१५ जेठ, काठमाडौं । १२औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिर्दै, छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ ।

गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने चेष्टाहरु अनुचित हुन् भन्दै प्रधामन्त्री ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि नसक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं ।

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ भन्दै उनले प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्नु स्वाभाविक हुने बताएका छन् ।

गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न केन्द्रित भएको स्मरण गर्दै प्रधामन्त्री ओलीले गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको दाबी गरे ।

जनताको चेतनाले ठूलो फड्को मारेको, विकास र समृद्धिका सपनाले साकार रुप लिन थालेको, आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको र राष्ट्रिय एकता सुदृढ भएको प्रधानमन्त्रीको भनाइ छ । ‘आफ्नो निर्णय आफैं गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रंगमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा दिएका छन् ।

लामो संक्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढ्नुका विकल्प नभएको बताए