सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो

अध्यक्ष – प्रचण्ड

१५ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो भनेका छन् ।

अध्यक्ष प्रचण्डले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै वेपत्ता र घाइतेहरुको त्याग र समर्पणप्रति सम्मान प्रकट गर्नु भएको छ ।