Breaking News

नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन् ।

नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
‘वेटरको काम दिन्छौँ’ भनेर नाबालिगहरूलाई ल्याएर उनीहरूले त्रास देखाएर वेश्यावृत्ति गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको थाहा भएको छ । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।