Breaking News

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् ।

२६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए । थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।