गुड नेवर्स इन्टरनेशनल नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

१४  जेठ, बेनी । कोरोना भाइरसको जोखिब बढ्दै गइरहेको बेला त्यसको स्वास्थ्य सुरक्षा र सामाजिक सजकता र सुरक्षाका लागि मध्यनजर गर्दै सामाजिक संस्था गुड नेवर्स इन्टरनेशनल नेपालद्धारा कोभिड –१९ को जोखिम व्यवस्थापन समिति म्याग्दी जिल्ला बेनीलाई १० सेट पिपिई लगायत अन्य स्वास्थ्य उपकरण आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

संगम म्याग्दीको समन्वयमा सो संस्थाद्धारा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गुड नेवर्स इन्टरनेशनल नेपालका अधिकृत, प्रायोजन सेवा तथा बाल संरक्षण सुर्यमान नगरकोटीले कोभिड–१९ का व्यवस्थापन तथा रोकथाम कमिटीका संयोजक एवं जिप्रका का अधिकृत र बेनी अस्पताल ब्यवस्थापन समितिका प्रमुख बेलबहादुर कटुवाल लाई जिल्ला प्रशासन कार्यालय बेनीमा संयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गरेका छन् ।

फोटो : नारायण घर्ती