जाजरकोट घटनामा सरकारको २ जिब्रे चरित्र प्रदर्शनको घोर निन्दा गर्दै संलग्न ब्यक्तिहरुको खोजी गरि कडा भन्दा कडा कारवाहीको जोडदार माग

नेकपा क्रान्तिकारी (माओवादी) रुकुम पश्चिम

१४ जेठ, रुकुम ।  प्रेम संबन्धको विषयलाई लिएर रुकुम जिल्लाको चौरजारीमा एक युवकको विभत्स हत्या गरिएको छ। विगत एक डेढ वर्ष देखि नै भेरी नगरपालिका वडा नं। ४ रानागाउँका नवराज वि।क। र चौरजारी नगरपालिका वडा नं। ८ सोती बस्ने बिर बहादुर मल्लकी छोरी सुक्ष्मा मल्लका विचमा प्रेम सम्बन्ध चलिरहेको कुरा खुलेको छ । जातिय भेदभावका कारणले विहे हुन नसक्ने अवस्था सृजना भएपछि स्थानीय प्रहरी चौकीमा गई विहे नगर्ने दुईपक्षिय सहमति भएको कुरा छानविन समिका अध्यक्ष चन्द्रबहादुर विकले जानकारी दिनुभएको छ । तत्पश्चाच मिति २०७७ जेष्ट १० गतेका दिन जाजरकोट जिल्लाबाट चौरजाहारी केटी पक्षको गाउँमा केटी लिने भनेर गएका करीव १९ जना युवाहरु केटी पक्षको घरमा पुगेपछि केटीको आमाले कराएपछि गाउँलेहरु आएर अचानक झडप हुन पुगेको कुरा स्थानीय श्रोतबाट जानकारी भएको छ। उक्त झडपमा केटी पक्षेले प्रेम गर्ने केटा मुहान वि.क. को वर्ष २१ को नवराज वि।क।, चौरजारी नगरपालिका वडा नं। १ निवासी सुरेन्द्र विश्वकर्माको छोरा वर्ष २१ को टिकाराम विश्वकर्मा र भेरी नगरपालिका ४ अन्दाजी वर्ष २१ को गणेश बुढामगरको विभत्स हत्या गरिदिएका छन् । बाँकी केटासँग केटी ल्याउन गएकाहरु हताहत भई भागेर जाजरकोट पुगेको छन् भने संगै गएका भेरी नगरपालिका वडा नं। ४ का सन्जु वि।क। तथा भेरी नगरपालिका वडा नं। ११ का लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता अवस्थामा रहेको कुरा स्थानीय पत्रपत्रिकाहरुले छापेका छन ।

युगौं देखि नेपालमा चलिआएको जातीय विभेदका विरुद्दमा ठुलाठुला लडाई र सहासपुर्ण बलिदानीबाट नेपालको कानूनमा जातीय भेदभाव अक्षरस पटक पटक हटाईए पनि ब्यवहारमा भने जस्ताको तस्तै रहेको पाईन्छ ।

विश्व रुडीवाद, अन्धविश्वास र जातीय विभेदबाट मुक्त भएर समानताको संजालमा जेलिदै विकासको उचाई चुम्न मच्चीरहेको यस परिप्रेक्षमा हाम्रा नेपालका कुना कन्दरामा भने यस्ता खालका छुवाछुत र जातीय विभेदका घटनाहरु प्रयाप्त मात्रामा घटेको पाईन्छ । कतै पानी छोएको विषय हुन्छ, कतै घर भित्र पसेको त कतै देवता छोयको आदिईत्यादी विषयहरुबाट दलित माथि गैरबरावरी र जातीवादीहरुको दवदवा फैलिएकै देखिन्छ । यस्तै प्रबृत्तिको एक ज्वलन्त उदाहरण बनेको छ नवराज वि।क। को विभत्स हत्या । नेपाल सरकारले अन्तरजातीय विवाहलाई उत्प्रेरित गर्नका लागि उपहार वितरण गरिरहेको यस अवस्थामा नेपालको कानुनका पहरेदार प्रहरीहरुले गरेको एकतर्फी र अन्यायपूर्ण सहमतिको परिणाम यो घटना हुनपुगेको अनुमान गरेका छौं । यसरी मुखले रामराम बगलीमा छुरा गर्ने सरकारको २ जिब्रे चरित्र प्रदर्शन भएको प्रति घोर निन्दा गर्न चहान्छौं । उक्त घटनामा संलग्न ब्यक्तिहरुको खोजी गरि कडा भन्दा कडा कारवाहीका लागि जोडदार माग गर्दछौं ।।

संयोजक
ललित सुनार

यसो छ प्रेस वक्तव्य :