कर्णाली प्रदेशमा आज थप १५ जना कोरोना संक्रमण थपिए

१४ जेठ, सुर्खेत । सुर्खेत प्रयोगशालामा आज बुधबार गरिएको परीक्षणमा १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा। तिवारीले बताए ।

नयाँ थपिएकासँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ ।