कोरोना संक्रमित थपिने क्रममा रुकुम पूर्वमा ३ जनामा पुष्टि

जेठ १४, काठमाण्डौ । कोरोना संक्रमित थपिने क्रममा आज रुकुम पूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अमज बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

पुथा उत्तरगंगा गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १ महिला र २ जना पुरुष रहेका छन् । यससँगै नेपालका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।