“तेरी प्याटुल्ली ” को म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ । कालिकोट जिल्ला नरहरीनाथ गापा निवासी देउडा गायक महेन्द्र शाही (रास्कोटी) ले हालै मात्र एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सुजल बमको अफिसियल यूटुब च्यानलबाट तेरी प्याटुली गीतको म्युजिक भिडियो सार्वजनक भएको हो। गएको कार्तिक महिनामै अडियो को रुपमा रिजिल भएको सो गीतको म्युजिक भिडियो भने करिव ७ महिना पछि दर्शकसामु आएको छ । लोक संगित र लोकदोहोरी भाकाले ओझेलमा परेको लोकदेउडा भाकालाई जर्गेना र उजागार गरेर दर्शक सामु पुर्याउने उद्देश्यले गायक रास्कोटीले खस भाषा लोकदेउडाले लय लिनका लागि प्रास गर्ने क्रममा यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

मध्यम र सुदुरपश्चिम क्षेत्रमा निकै लोकप्रिय भएका लोकदेउडा गायक महेन्द्र शाही (रास्कोटी) र कलाकार गगन शाहीको संयुक्त प्रस्तुतीमा यो म्युजिक भिडियो बजारमा आएको छ । लोक देउडाका धेरै गीत दर्शक सामु ल्याइसकेका गायक रास्कोटी पछिल्लो चरणमा दर्शकको मनमष्तिकमा बस्न सफल भइसकेका छन् । उनले यो म्युजिक भिडियोमा स्वयम महेन्द्र शाही (रास्कोटी), आधुनिक तथा पप गायीका अञ्जु पन्त, लोकदोहरीका अब्बलका साथै लोकसंगीतका प्रख्यात गायक रामजी खाँण र लोकदेउडा गीतकी अति लोकप्रिय गायीका गौरी भट्टको स्वरमा भिडियो सार्वजनिक भएको छ । आधुनिक गायक/गायीकालाई लोकदेउडा गीत गाउन लगाएर पहिलो सुरुवाती चरणमा लोकगायक महेन्द्र शाही (रास्कोटी) ले “तेरी प्याटुल्ली ” दर्शक माझ ल्याएका छन् ।

नेपाली सांगीतिक बजारमा आधुनिक तथा र्यापका साथै पप गीतले मध्य तथा सुदूरपश्चिमको अति नै लोकप्रिय लोकदेउडा गीत ओझेलमा पारिएको बेला लोक देउडा गायक महेन्द्र शाही (रास्कोटी) ले सो लोकदेउडा गीतलाई ७ महिना अघि अडियो रुपमा ल्याएको भए पनि हालै मात्र म्युजिक भिडियो मार्फत् आएको छ । गायक शाहीले खस भाषा लोक देउडालाई आजको आधुनिक सांगितक दुनियाँमा शसक्त बनाएर लैजाने भन्दै नयाँ लोक देउडा भाकाको नयाँ लोकदेउडा “तेरी प्याटुल्ली” ल्याएका छन् ।

म्युजिक भिडियोमा मोडेल तथा डान्सर आशा शाही, कलाकार सुजल बम, सुमन घर्तीमगर, गगन शाही र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

गायक रास्कोटीले कदरन्यूजसँग बोल्ने क्रममा, आधुनिक तथा पप गायक/ गायीकाको स्वरमा ल्याइएको देउडा म्युजिक भिडियोले लोकदेउडा नेपाली रंगमञ्चमा लोकप्रिय छ भन्न खोजेको हुँ। खस भाषामा आधारित लोकदेउडाको जर्गेना र नेपाली संगित प्रेमीको मनमनमा बसाउनको लागि आफुले नेपालका चर्तित तथा ख्याती प्राप्त गायक, गायीका रामजी खाँण र अञ्जु पन्तलाई लोकदेउडामा भिजाएर मध्य र सुदूरपश्चिमको खसभाषा लोकदेउडाको जगेर्ना गरेर विश्वभरीका दर्शक सामु पुर्याउने बताए ।

उनी भन्छन्, लोकदेउडा मध्य र सुदूरपश्चिममा मात्र गाइने भए पनि अबका दिनमा नेपालका सबै क्षेत्रका र भेगका लोकसंगित प्रेमीहरुले समेत गाउन र गुनगुनाउन सक्ने खालको लोकदेउडा पस्कने खालको बनाउने बताए । गीतको शब्द केशर बहादुर सिँह आक्रोसले गरेका छन भने, लयसंकलन देउडा खेलाउडा ललित बहादुर शाही र लोकदेउडा गायक महेन्द्र शाही (रास्कोटी) को रहेको छ ।

गीतको केही स्वलक यस्ता छन् :
केपी बा ससुरा हुनु प्रचण्ड बाउ हुनु
बालेन साह जस्तो माया बजार भाउ हुनु

आदि.. आदि जस्ता शब्द भरिएका छन् ।