सरकारले बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए खुवाइँदै

काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।