६ वैशाख, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
रियलका लागि रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरेका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
बचाए ।
त्यसअघि रियलका लागि लुका मोडरिचले हानेको पहिलो पेनाल्टी सिटीका गोलकिपर एडरसनले रोकेका थिए । तर त्यसपछि रियलका जुड बेलिङ्घहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरले पेनाल्टीमा गोल गरे ।
सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एडरसनले मात्र गोल गरे ।
रियलले अब सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ । बायर्नले दोस्रो लेगमा आर्सनललाई १-० ले पराजित गर्दै समग्रमा ३-२ को जित निकालेको हो ।
बायर्नलाई जित दिलाउन जोसुअ किम्मिचले निर्णायक गोल गरे । यी दुई बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको
थियो ।