२६ चैत, काठमाडौं । तीव्र गतिका बलर यश ठाकुरले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्टसलाई ३३ रनले हराएको छ ।
१६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा १३० रनमा सबै विकेट गुमायो ।
लखनउका यश ठाकुरले ३.५ ओभरमा १ मेडनसहित ३० रन खर्चेर पाँच विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको लखनउले २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
मार्कस स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निकोलस पुरन ३२, लोकेश राहुल ३३, आशुष बदोनी २० र क्विन्टन डी कक ६ रनमा आउट भए ।
गुजरातका उमेश यादव र दर्शन नलकाण्डेले २/२ विकेट लिए ।