सुर्खेत, बारा र रौतहटमा गरी ३९ जना कोरानो संक्रमित भएको पुष्टि

१३ जेठ, रौतहट । कोरोना संक्रमित थपिन क्रमामा आज रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन् । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरू सबै भारतबाट आएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ । आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो ।
बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन् । उनीहरू क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए ।