Breaking News

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सर्वदलीय बैठक आवहन

जेठ १३, काठमाण्डौ  ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।

आज अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ ।

सरकारले अतिक्रमित भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेको छ । निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्ताव पनि दर्ता गरेको छ ।

यस्तै, आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ । सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका
हुन् ।