कर्णालीमा ठुलो मात्रामा असिना पानीका साथै चट्याङ, हावाहुरी धनजनको क्षति

सुर्खेत । आज दिउँसो कर्णालीमा ठुलो मात्रामा असिना पानीका साथै चट्याङ, हावाहुरी ले गर्दा धनजनको क्षति भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु समेत भएको छ ।

चट्याङले एउटा बाख्रो पनि मरेको छ ।

हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्याउँदा किसानहरू भने चिन्तित बनेका छन् । वीरेन्द्रनगर, जाजरकोट, कालिकोट, रुकुम पश्चिम लगाएतका ठाउँमा घर टहरा हावा हुरीले उडाएको छ ।