टोखामा किराना पसले सहित दुई जनामा कोरोना भाइरस संक्रमण पृष्टि

१२ जेठ, भक्तपुर । काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोखा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो ।

टोखा नगरपालिका– ३ का अध्यक्ष महेश्वर केसीले किराना पसलेमा संक्रमण देखिएको पुष्टि गरेका छन् । ती व्यक्तिको रर््यापिड टेस्ट पनि पोजेटिभ आएको थियो । र्यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए ।

टोखाकै वडा नं ६ मा पनि संक्रमण भेटिएको छ । संक्रमित व्यक्ति धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको सम्पर्कमा आएको व्यक्ति भएको वडा अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिएका छन् ।