कर्णालीमा थप ७ जनामा कोरोना संक्रमित देखिएको पृटि

१२ जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज कर्णालीमा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन् ।

भेरी अस्पताल, नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा संक्रमण देखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा भएको परीक्षणमा दैलेखका ४ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको हो । त्यस्तै सुर्खेतका चिकित्सक डा. डम्बर खड्काले दैलेखका अन्य २ जना प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा देखिएको पुष्टि बताए ।

असयघि कर्णाली प्रदेशमा ४ जनामा संक्रमण देखिएको थियो ।

यो संगै कर्णालीमा कोरोना भाइरसका संक्रमित संख्या ११ पुगेको छ ।