पाँच जना पुरुषद्धारा २० वर्षे किशोरीलाई सामूहिक बलात्कार

१२ जेठ, भक्तपुर । एक किशोरीलाई पाँच जनाले सामूहिक बलात्कार गरेका छन् । सोही आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् ।

जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानो थिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी किशोरीलाइ आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।

प्रहरीले ९ गते पीडित महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गरेपछि हुलिया र विवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतलास गरेको थियो ।

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका. स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानो थिमी बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामा पुरानो थिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।