कोरोना संक्रमित थपिने क्रमसँगै आज काठमाण्डौं मा ३ सहित ७२ जना थपिए

१२ जेठ, काठमाडौँ । कोरोनाभाइरसको संक्रमित थपिने क्रमसँगै आज थप ७२ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएको बताइएको छ । काठमाडौंको टोखा नगरपालिका– ३ र ६ मा दुई जना र बुढानिलकण्ठ–३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।