गौरीफन्टा नाकाबाट बिना स्वास्थ्य परीक्षण दिनहुँ हजारौं संख्यामा नेपाली भित्रिदै

१२ जेठ, कैलाली । कोरोना भाइरसको महामारीको रोगथाम तथा नियन्त्रणका लागि भनेर सरकारले ११ चैत्रबाट लकडाउन गरी भारतीय सीमा नाका बन्द गरिएपछि सुनासनजस्तै भएको नाकाबाट पछिल्लो ९ दिनमा भने १२ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका
छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ २ गतेदेखि ११ गतेसम्म १२ हजार भन्दा बढीको उद्धार गरेको जनाएको छ । भारतबाट आउने क्रम बढेपछि उद्धार गर्न थालेको प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सीमा नाकाबाट प्रत्येक दिन हजारौंको भिड नेपाल प्रवेश गरे पनि स्थानीय प्रशासनसँग परीक्षण गर्न किट छैन । अहिले भारतका सबै स्थानमा संक्रमण फैलिएको छ’ उनले भने ‘यस्तो अवस्थामा हजारौँ नेपाल आइरहेका छन् । परीक्षणको दायरा बढ्न नसक्दा जोखिम बढ्न सक्ने खतरा पनि त्यतिकै छ ।

किट हुँदासम्म पीसीआर र आरडीटी दुबै परीक्षण गरिएको र त्यो सकिएपछि दुबै परीक्षण हुन छोडेको प्रशासन बताउँछ् । अहिले सीमामै परीक्षण भएको छैन’ स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने प्रशासनले त्यसो गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ९ दिनको अवधिमा सीमा नाकाबाट १२ हजार दुई सय ४३ जनाको उद्दार गरिएको भएता पनि ९५० जनाको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ ।

हिजो आइतबार मात्रै करिब ४ हजारको उद्धार गरिएको बताएको छ ।

प्रत्येक दिन हजारौँको संख्यामा नागरिकलाई उद्धार भइरहेको छ । तर, उनीहरुमध्ये अधिकांशको स्वास्थ्य परीक्षण सीमामै हुन सकेको छैन । सीमामा भिड त अत्यधिक मात्रा भएको भए पनि किट सकिएको बताइएको छ ।