Breaking News

नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने छ

१२ जेठ, काठमाण्डौ । मुस्लिम समुदायको पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष – गणेशप्रसाद तिमल्सिना