ईद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने छ

सभामुख -अग्निप्रसाद सापकोटा

१२ जेठ, काठमाण्डौ । मुस्लिम समुदायको पर्व ईदको शुभकामना दिने क्रममा सभामुख अग्निप्रसाद सापकोटाले ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

यो वर्ष नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु ।

ईद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने पनि उनले उल्लेख गरेका छन् । नेपालमा मनाइने यस्ता पर्वले एकता र आपसी सदभाव बढोत्तरी हुने विश्वास सभामुख सापकोटाको छ ।