विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउनेछ

उपराष्ट्रपति- नन्दबहादुर पुन

१२ जेठ, काठमाण्डौ । मुस्लिक धर्मालम्बीहरुको ईद पवृको अवसरमा शुभकामना दिने क्रमाम उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने उल्लेख गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली इस्लाम धर्मावलम्बीको प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उनीहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै उपराष्ट्रपति पुनले संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेका छन् ।