धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्नेछ

राष्ट्रपति -बिद्यादेवी भण्डारी

१२ जेठ, काठमाडौं । नेपाली इस्लाम धर्मावलम्बीहरुको ईदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै भन्नुभयो, सम्पूर्ण सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै सुरक्षित रहेर पर्व मनाउने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्य सम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको शुभकामाना सन्देशमा उल्लेख गरेकी छन् ।