काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन हिजो सम्पन्न भएको छ । पहिलो दिनमा काठमाडौ वाफल सोल्टीदोवाटोस्थित मार्फा थकाली सेवा समाजको हलमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनको बन्दसत्र दोसो दिनमा बाघबजारस्थित बागमती प्रदेश कमिटी कार्यालयमा चलेको थियो । तेस्रो दिनमा स्वयम्भूस्थित स्टार बैकुटमा समापन एवं बधाई तथा सपथ कार्यक्रम नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य सांसद रणकुमारी बलम्पाकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । काठमाडौंमा तीनदिनसम्म चलेको सम्मेलनबाट सम्पर्क मञ्चको अध्यक्षमा कमल थापा मगर चुनिएका छन् । सम्मेलनले अध्यक्ष सहित ३५ सदस्यीय मञ्च कमिटी निर्विरोध निर्वाचित गरेको छ। धादिङ–काठमाडौं सम्पर्क मञ्च सम्मेलनमा सहमतिको आधारमा कमिटी चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले उपाध्यक्षमा होम प्रसाद जमकट्टेल (केदार) र शुभद्रा थापा, सचिवमा नारायण आचार्य, उपसचिवमा एकराज सेढाई र प्रतिमा कँडेल, कोषाध्यक्षमा कमल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा बासु थापा मगर, दिपक गुरुङ, हरिप्रसाद तिवारी, कृष्णप्रसाद खतिवडा, ठाकुर सेढाई, प्रेमनाथ दुवाडी (विश्वराम), शिवप्रसाद ढुंगाना, काजिमान तामाङ, ईन्द्र राना, रामेश्वर पाठक, रमेश पण्डित, राजकुमार गिरी, सन्तोष पाण्डे, लक्ष्मी पौडेल, थामसिं तामाङ, ए माया तामाङ, निश्चल खत्री, महेश राना मगर, सुस्मा थापा, मिना अधिकारी, निता शाहि बुढाथोकी, रेशिका मगर, सुजन आचार्य, राजु श्रेष्ठ, शेर बहादुर दाहाल, पविन मगर, जयन्द्र खतिवडा र दर्शन खतिवडा निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्षलाई निर्वाचन कमिटीका संयोजक मेनुका दुवाडीले र बाँकी पदाधिकारी सहित सिंगो कमिटीलाई नव निर्वाचित अध्यक्ष थापाले सपथ ग्रहण गराएका छन्।
नवनिर्वाचित कमिटीको कार्यकाल दुई वर्षको रहनेछ ।