२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् ।
राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित
थिए ।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।