Breaking News

राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौं । आज भएको राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्

दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका
थिए ।

त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।