विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

पोखरा, फागुन २० गते । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।

६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । आजको सेमिफाइनल खेलका विजेताहरु भोली हुने फाइनल खेलमा दुई टिम भिड्ने छ ।

सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आजको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ ।

विकास शिल्ड सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको जीवन र गवाहीप्रति समर्पित छ ।