जय मिथिला ! जय मैथिली !

जय मिथिला जय मैथिली को बारेमा केही शब्द चित्रण गर्न गइरहेको छु । मिथिला भनेको राजा जनक जी को राज्य जुन अहिले हामी सबैलाई थाहा छ, जनकपुरधाम । राजा जनकको वास्तविक नाम सिरध्वज हो । जनक उनको वंस को नाम थियो भन्ने विश्वास गरिन्छ । राजा जनकको जन्म जनकपुर शहरमा भएको थियो । मिथिला राज्य नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी देखी भारतको दरभंगा र मुज्जफरपुरसम्म थियो ।

प्रदेश नम्बर २ मा बोल्ने राष्ट्रिय भाषा मैथिली भाषा हो । तर यो भाषा , विद्यायलको पठनपाठान मैथिलीमा हुन्छ । तर गाउँघरतिर मैथिलीमा नै बोलिन्छ । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो ।

सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरु जस्तै राम चरित्र मानव की मुख्य पात्र हुन । सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन । उनको विवाह अयोध्यका राजा दशरथको ज्येष्ठ सुपुत्र मर्यादा श्री पुरुषोत्तम् श्री राम सँग भयो । राजन जनकले जसले यो धनुष तोड्छ त्यही सँग सीताको विवाह गरिदिने बाचाअनुसार रामले स्वयंवरमा शिवको धुनष तोडे पछि सीताको विवाह रामसँग भएको किम्वदन्ती छ र भयो पनि । भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षिक जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन् । आदर्श पत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ । प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतित्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन् ।

मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तिमा पनि पाँच हजार बर्ष पुरानो रहेको सांस्कृतिक विज्ञहरुको कथन रहेको छ । यी चित्रकलाहरुमा पाइने लिङ्ग र योनीका प्रतिकहरुलाई पूजा गर्ने परम्परा रहेको छ मिथिलामा प्राय मानिसहरुले बोल्ने भाषा भनेको मैथिली हो मैथली शब्द नै अति मिठो र अति मनमोहक कि, मानिसहरुलाई बोल्दा सुन्दा एकदम मनलाई प्रसन्न् गर्ने खालको एक भाषा हो । समान्यतय नेपालमा अनेको प्रकारका भाषा बोल्ने गर्छन तर मिथिलामा बोल्ने भनेको मैथिली भाषा मात्र नै हो ।

यी धार्मिक ग्रन्थहरुमा आर्यहरु उत्तर पश्चिम भारतबाट विस्तारै पूर्व तथा दक्षिणतिर लाग्दै गएको तथा कुरु, पाञ्चाल, कोशल, मगध, विदेह राज्यहरु रहेको उल्लेख छ । कुरुक्षेत्र तथा गंगा र यमुनाको तटीय क्षेत्र आर्य सांस्कृतिक केन्द्रका रुपमा विकसित हुन थाल्यो । आर्यहरु पनि घुमन्ते जीवन छाडेर स्थायी संगठित रुपमा रहन थालेका थिए । फलस्वरुप अनेक क्षेत्रमा मानव बस्तीहरूको विकास हुन थाल्यो । विदेह राज्यको विकास यी वैदिक युगमा आर्यहरु फैलिदै जाँदा भएको हो । ऋग्वेद विदेहका बारेमा उल्लेख नहुनुबाट पछिल्लो समयमा विदेहको स्थापना भएको हुनुपर्दछ । शतपथ ब्राम्हण नामक ब्राह्मण साहित्यमा उल्लेख भएअनुसार विदेह आफनो पुरोहित गौतमरहुणका साथ सरस्वतीको तटवर्ति प्रदेशबाट सदानिर गण्डक तरेर विदेह पुगि राज्य स्थापना गरेको बुझिन्छ ।

तत्कालीन विदेह राजको राजधानी थियो मिथिला । शतपथ ब्राह्मण, श्रीमद्भागवत, बाल्मिकी रामायण, वृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, वृहद् विष्णु पुराण आदि पौराणिक ग्रन्थमा मिथिला र विदेहको बारेमा प्रशस्त जानकारी उपलब्ध गराइ सकिएको छ । मिथिला हिन्दूहरूको लागि मात्र हैन, जैन धर्मावलम्बीहरूका लागि पनि त्यति नै श्रद्धा गर्ने थलोको रूपमा सम्मानित रहेको छ । जैन धर्मका उन्नाइस तीर्थकर मल्लिनाथ र एक्काइसौँ तीर्थकर नमिनाथको जन्म भएको र उनीहरूका चार कल्याणक यही सम्पन्न भएको कुरा उनका ग्रन्थहरूमा उल्लेख छ ।

साहित्यकार अशोक कुमारले इतिहास बिनाको भूगोल परिकल्पना गर्न नमिल्ने बताएका थिए । प्रदेश–२ का नेतालाई इतिहास पढ्न सल्लाह दिँदै उनले भने, तपाईहरु पढ्नुस् इतिहास, मैथली र मिथिलाको बारेमा जानकारी पाउनु हुन्छ । जनकपुर पूर्व मेयर बजरंग साहले जर्मनीका विद्वानले पनि मिथिला र मैथिली पुरानो संस्कृति रहेको सिद्ध गरिसकेको बताए ।

पहिला समाजबादी पाटी हाल जनता समाजबादी पाटी का नेता उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने भनेका थिए । उहाँको अनुसार हामीले आन्दोलनमार्फत मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सफल भएको हौँ । अब मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग छ ,’ यादवले भने, ‘नेपाल र भारतस्थित मिथिला क्षेत्रमा मैथिली भाषामा शिक्षाको व्यवस्था गर्नुपर्छ ।

भारतको लागी थाहा भएन प्रदेश २ को लागी गर्न सकिन्छ । मैथिली संस्कारको संरक्षणका लागि मैथिली भाषाको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपालको दोस्रो ठूलो भाषा मैथिली कमजोर अवस्थामा छ,’ उनले भने, ‘मैथिली भाषा समाप्त भए संसारको प्राचीन मिथिला संस्कार र संस्कृति समेत लोप भएर जान्छ त्यसैले यसको संरक्षण आवश्यक छ ।’

मिथिलाको मानिस खानामा दही, चिउरा, पान, मखन, ठेकुवा, माछा अन्य धेरै प्रकारका ब्यन्जन सास्कृतिक तरिकाले खाने गरेको पाईन्छ । यहाँका मानिसहरु पहिरनमा धोती, कुर्ता र सिरमा टोपी लगाउने गरेका छन्, भने महिलाको लागी साडी, चोलो जस्ता पहिरन लगाउँछन् ।

 

 

मो. ९८०६४०१४५२
इमेल ; amritbhatta55@gmail=com
हाल : पुरानो नैकाप, काठमाण्डौं