चिनीमा लुकाएर ल्याउँदै गरेको भारतीय ९ लाख रुपैयाँसहित मेहता पक्राउ

१० जेठ, सप्तरी । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ वर्षीय फूलकुमार मेहताले चिनीमा लुकाएर भारतबाट नेपालतर्फ ल्याउदै गरेको ९ लाख नेपाली रुपैयाँ सप्तरीबाट बरामद बरामद गरिएको छ ।

लकडाउनको समयमा मेहता कोसी पलार हुँदै आइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १४ बाट उनलाई सो रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ लुकीछिपी आउँदै गर्दा २८ वर्षीय मेहताले हातमा झुन्ड्याउने नाइलनको झोलामा २ किलो चिनीले छोपेर रुपैयाँ ल्याउँदै गर्दा फेला पारिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

नियन्त्रण लिइएका उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजल ेथप अनुसन्धान सुरु गरिएको छ ।