Breaking News

काँग्रेस सासद गगन थापाद्धारा सरकारले दर्ता गरको संविधान संशोधनमा सर्वसम्मत रूपमा संसदबाट संकल्प पारित गर्न आग्रह

१० जेठ, काठमाडौं । प्रखर वक्ता तथा नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले नेपालको परिवर्तित नक्सालाई तत्काल संविधानको अंग बनाउन तत्काल संविधान संशोधन गरी राष्ट्रिय संकल्प बनाउन आग्रह गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै थापाले नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने भन्दै कूटनीतिक रूपमा अझै जिम्मेवारी पूर्वक गर्नुपर्नेमा थापाको जोड दिएका छन् । नक्सा संविधानको अंग बनेपछि प्रभावकारी कूटनीतिक पहल गरी नेपालको भूमिबाट भारतको नियन्त्रण अन्त्य गर्नुपर्ने उनले बताए ।

यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो ।

राष्ट्रिय स्वाभिमानको खाँतिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एकढिक्का भएर, एक ठाउँ उभिएको उनको भनाइ छ । नेपालको संसद् आमनेपालीहरूको राजनीतिक प्रतिनिधित्व हुने सर्वोच्च निकाय भएको भन्दै उनले सामूहिक संकल्पको समय आएको थापाले भनेका छन् ।

सासद थापाले भने, ‘यस सर्वोच्च निकायमा उपस्थित हामी सबै जनप्रतिनिधिहरूले, संविधानमा नक्सा संशोधन गरेसँगै, यथास्थितिमा नेपाली भूभागमा रहेको भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भूभाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिई छाड्छौँ भन्ने संकल्प गरौँ भनेका छन् ।

सीमासँग सम्बन्धित विषयमा नेपाली काँग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनुभएका दुई भिन्न भिन्न संकल्प प्रस्तावलाई पुनर्लेखन गर्न माग गरेका छन् ।

परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरी सर्वसम्मत रूपमा संसदबाट संकल्प पारित गर्न आग्रह गरे ।

सासद गगन थापाद्धारा जारी  राष्ट्यि संकल्प