भरखरै भैरहवा, कपिलवस्तु र रुपन्देहीमा गरी ७ जना कोरोना संक्रमित थपिए

१० जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज शनिबार साँझ फेरि थप ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार र बिहान ३२ जनामा, दिउँसो ३६ जना र साँझ फेरि ७ जनामा कोरोना भाइरस संक्रमित पृष्टि भएको बताएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा( ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।