म्याग्दीमा एकान्तबासको बस्दोबस्तका साथै नाकामा अलपत्र परेकाको उद्दार कार्य जारी

१० जेठ, म्याग्दी गलेश्ववर । रोजगारी तथा अन्य कामले छिमी मुलुक भारतमा गएका हाल कोरोना लकडाउनमा कारण भारतीय सिमानामा अलपत्र परी घर फर्कीएका म्याग्देलीहरु सेल्फ क्वारेन्टाइनमा राख्नलाई कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको संयोजनमा एकान्तबासको क्षमता बढाइएको छ ।

हिजो मात्र म्याग्दी बहुमुखी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन बनाइएको जिल्ला प्रमुख ज्ञाननाथ ढकालले बताएका छन् । अधिकारी ढकालका अनुसार बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० जना सहित जिल्लाभर १७३ जना क्षमताको एकान्तबास बनाइएको बताए ।

भारत लगायतका अन्य मुलुकबाट आउनेहरुलाई सुरक्षित रुपमा राख्न, व्यवस्थापन गर्न र कोरोना फैलिन नदिन एकान्तबासको क्षमता विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सो अबसरमा जानकारी गराए ।

अधिकारी ढकाल भन्नुहुन्छ, एकान्तबास बनाउन म्याग्दी बहुमुखी क्याम्पसले भवन उपलब्ध गराएको छ । क्याम्पसका कोठामा खाट, डस्ना, तन्ना, सिरक, रिसानी व्यवस्थापन गरेर एकान्तबास बनाइएको हो ।

मापदण्ड अनुसार दुरि कायम र संक्रमण फैलिन नपाउने गरि व्यवस्थित किसिमको एकान्तबास बनाएको उनले बताए ।

साथै रोजगारीका भारत गएको र लकडाउनका कारण रोजगारी गुमेपछि भारतीय सीमामा आएर अलपत्र परेका ११ जना म्याग्देलीलाई हिजो जिल्ला प्रशासन कार्यालय , प्रहरी र स्थानीय तहहरुसंग समन्वय गरेर उद्धार गरी बेनी ल्याएर क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै महेन्द्रनगरमा १० जना, झापाबाट ८ जना र कैलालीको गौरीफण्टा नाकाबाट २९ जना म्याग्देलीहरुलाई आज शनिबारसम्म बेनी ल्याई पुराउने तयारी रहेको बताइएको छ ।

जिल्लामा ल्याएपछि पिसिआर र आरडिटि दुबै बिधिबाट कोरोना परिक्षण गरिने प्रशासनले जनाएको छ । रघुगंगा गाउपालिकाको भगवतिका ४ जना भारतबाट नेपाल छिर्न नसक्दा उद्धारमा समस्या भएको छ । उनीहरुलाई रुपन्देही प्रशासनसंग समन्वय गरेर नेपालतर्फ ल्याउन पहल भइरहेको पनि छ ।

एकान्तबास बनाउन सेनाको श्रीबक्स गुल्म, शसस्त्र प्रहरीको गलेश्वर बेस क्याम्प, जिल्ला प्रहरी कार्यालयलाई अनेरास्ववीयू र नेविसंघका स्वमसेवकहरुले सहयोग गरेका थिए । प्रहरी, सेनाको क्याम्प, क्याम्सको छात्राबास र होटलका खाट लगेर एकान्तबासमा राखिएको छ । अलपत्र परेर भारतबाट आउन लागेका मध्य विपन्नलाई केही स्थानीय तहले गाडी भाडा समेत उपलब्ध गराउने छ ।

बेनी नगरपालिकाले गाडीभाडा र खाना खुवाउने व्यवस्था गर्ने बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठले हामीलाई बताउनु भएको छ ।

अस्पताल नजिक, सुरक्षा निकाय र चिकित्सकको नजिक पहुँच भएकाले सकेसम्म धेरै जानलाई बेनीकै क्वारेन्टिनमा राख्ने योजना रहेको कोभिड १९ कमाण्ड पोष्टले बताएको छ ।