गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा

२ फागुन, पोखरा । गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा पर्सि ४ गते सार्वजनिक बिदा बिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।