उद्योग वाणिज्य संघ जलजला बजार इकाईको अध्यक्षमा हिरा बहादुर जि.सी. चयन

जलजला,पर्बत ,माघ-२६, उद्योग वाणिज्य संघ जलजला पर्वतको १३ औ साधारणसभा तथा चौथो साधारण सभा सम्पन्न भएको छ । अधिबेशनले हिरा बहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय बजार इकाई समिति गठन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष उद्योगतर्फ मुकुन्द शर्मा, वाणिज्य तर्फ बाबुराम पौडेल, महासचिव कृष्ण प्रसाद सुवेदी, सचिव नवीन जिसी र कोषाध्यक्षमा ढुण्डीराज पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा तारा कार्की, जीवन थापा, शान्ती पुन, गणपती रेग्मी, वुद्धीबहादुर नेपाली र चेत प्रसाद सुवेदी रहनुभएको छ ।

पर्बत बेनी स्थित कालिगण्डकी आमा समुहको भवनमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता चित्र राज रेग्मी, संचालन हिरा बहादुर जिसी स्वागत मन्तब्य ठाकुर प्रसाद रेग्मीले गर्नु भएको थियो ।