९ जेठ, काठमाण्डौ ।
म २८ वर्ष युवक हु । मेरो बुबाको नाम स्वः हितेन्द्र कुमार राय दशौनी हो । मेरो स्थायी घर महोत्तरी जिल्ला साबिक गा.वि.स धिरापुर वडा नं.४ मा हाल मटिहानी नगरपालिका वडा नं. २ सिरसिया टोलमा पर्दछ । मलाई आज आफ्नो जन्मभूमी को बारेमा केही शब्द लेख्न मन लागेर कोर्न खोज्दैछु । मेरो गाउँ को नाम सिरसिया हो जुन भटट् ब्राहमण जाती का एउँटा ठूलो गाउँ हो । यो नेपाल भित्र दक्षिण दिशा तर्फ प्रदेश नं. २ दर्शाउछ । पूर्वमा कलना र गुरु विश्वामित्रका मन्दिर र जमुनी भन्ने नदी रहेको छ । यसैगरि पश्चिम मा बाबा जलेश्वरनाथ मन्दिर, बिग्ही नदी समेत रहेका छ । उत्तर दिशामा मिथिला राज्यका राजा श्री जनकका जी का समराज्य र उनका पुत्री माता जगत जननी सीता माता को जन्मभूमी जनकपुरधाम र जानकी मन्दिर रहेका छ । जुन नेपाल मात्र नभई देश विदेश समेतका लागी महत्वपूर्ण धार्मिक स्थलको रुपमा चिनिएको छ । दक्षिण दिशामा भारतको सीमाका कारण बिहार राज्य को मधुवनी जिल्ला अवस्थित महान कालिदाश को स्मारिका र माता दुर्गा को मन्दिर (उच्चैठ दुर्गा स्थान ) अवस्थित छ ।
बिचमा साविक गा.वि.स. धिरापुरा वाड नं. ४ हाल मटिहानी नगरपालीका वडा नं. २ मा पर्ने सिरसिया गाउँ हो । यस गाउँमा विभिन्न जातजाती बसोबास गर्दे आइरहेका छन् । हिन्दुका लागी रामजानकी मन्दिर र व्रहम् बाबा, शलहेस डिहबार बाबा, पश्चिम तर्फ महारानी स्थान जुन नदीको छेउमा अवस्थित छ । मुश्लिम समुदायको लागी पनि सबै कुरालाई मध्य नजर गर्दे उचित व्यवस्था गरिको छ नेपाल सरकारले ।
मुश्लिम समुदायको लागी इदगह, कबडगाह, मस्जिद र मदरसा समेत को व्यवस्था गरिएको छ । गाउँमा शिक्षाका लागी श्री अधारभूत विद्यालय को स्थापना धेरै पहिला नै गरिएको थियो तर अहिले कक्षा १ देखी ७ कक्षा सम्म को पढाई हुने गरेको छ । ७ कक्षा माथिका विद्यार्थी माध्यमिक शिक्षा आर्जनका लागी गाउँ देखी १ कि.मि. दुरीमा पूर्वतर्फ रहेको खैरबा भन्ने गाउँमा जान्छन् । कुनै–कुनै विद्यार्थी आफ्नो सुविधा अनुसार पिपरा गाउँपालिका मा पर्ने पिपरा हाई स्कुलमा समेत अध्ययन गर्न जान्छन् । पिपरा हाई स्कुलमा स्नातक सम्मको अध्ययन हुन्छ । विभिन्न Computer Institute पनि खुलेका छन् । गाउँ भन्दा २ कि.मि. दुरी उत्तरतर्फ मा एभरेष्ट बैंक र विभिन्न सहकारी संस्था रहेका छन् । गाउँ भन्दा ३ किलो मिटरको दुरीमा सदरमुकाम जलेश्वर पर्दछ । जनकपुर अञ्चल महोत्तरी जिल्लाको एउटा धार्मिक स्थलको रुपमा हेर्दा पनि हुन्छ । जुन बाबा जलेश्वरनाथ मन्दिरको रुपमा चिनिएको छ । यहाँ हरेक दृष्टिकोणले मानिस आ–आफ्नो श्रद्धाको लागी आउने गर्दछन् । यो गाउँमा मानिसलाई चाहिने हरेक सरकारी सुविधायुक्त छ ।
अब जाऔं हाम्रो गाउँ तिर । मलाई जति थाहा र सुनेको छु, त्यति मैले प्रष्टाउन खोजेको छु । हाम्रो गाउँमा एक जना महापुरुष हुनु हुन्थ्यो । उहाँको नाम श्री लक्ष्मी राय बाबा । उहाँ को जन्म र आमा बुबा को नाम थाहा भएन, तर उहाँले नै यो गाउँलाई बसाउनु भएको हो भन्ने किम्बदन्ती रहेको छ । उहाँ अहिले नभएपनि उहाँले गरेको प्रभाव र देनको प्रभाव अहिले पनि छ । उहाँले गाउँमा हरेक जात जातीलाई ल्याएर बसाल्नु भयो, राजा जुद्ध शम्सेर जबरा बाट बिर्ता वक्सी स्वरुप १८२६ मा जग्गा २०५ विगाहा पाउनु भएको थियो । उनको शेष पछि उनका तीन छोरा जेठा स्व.बचनु राय, माइला छोरा स्व.मुसाई राय र कान्छो छोरा रवी राय हुनु हुन्थ्यो । समयको चक्र चल्छ, त्यसरी नै पुस्ता बढ्दै गए । जग्गा जमिन घटदै गए । अहिले त्यो एक जनाको परिवार आज ठूलो गाउँको रुपमा परिणनत भएर ठुलै बसोबास भएको छ ।
यही गाउँमा एउटा अर्को महान व्यक्ति हुनु हुन्थ्यो । उहाँको नाम स्वः मगनु राय हो । उहाँ को बुबा आमाको नाम थाहा भएन । उनको वास्तविक जन्म मिति पनि थाहा भएन । त्यही भएर उनको जिवनी प्रष्टाउन खोज्न कोशिष गर्दैछु । स्वः मगनु राय बाबाको स्वर्गवास पछि उनका एक मात्र छोरा स्वः काशी राय थिए । उहाँको पनि स्वर्गवास पछि उनका पनि एक मात्र छोराको शेष पछि स्वः नेवाती राय हुनुहुन्थ्योे जुन स्वः काशी रायको शेष पछि सबै सम्पतिका मालिक नेवाती राय हुनु भयो । उहाँद्वारा साविक एकरहिया गा.वि.स. स्थित धिरापुर र खैरवा गाउँ को विचमा सबै सामाजको मानिसलाई क्रिया क्रम सरसफाईलाई मध्यनजर गर्दे त्यहाँ २–७–० अक्षरुपी दुई विगाहा ७ कठ्ठा जग्गामा एउटा पोखरीको निर्माण गरिएको छ । पछि उनले गाउँमा दुई ओटा ईनार निमार्ण गरेएका थिए । उहाँले ११० विगाहा सम्पति जोडनु भएको थियो । आफ्नो जिवनकालमा उनले निकै सम्पति जोड्नु भएको थियो । पछि समय परिवर्तनसँगै उहाँले आफ्नो जिवनकाल आफ्नै गाउँमा बिताएर स्वर्गवास हुनुभयो । स्वः नेवाती रायको स्वर्गावास पछि उनका एक मात्र छोरा स्वः रामलोटन राय (मालिक बाबा) सबै सम्पतिका उत्तराधिकारी भए । विस्तारै आफ्नो सम्पतिलाई सम्हाल्दै र जोगाउँदै उमेर पुगे पछि उनको विहे भयो । स्वः सिता देवीसँग विवहा पछि ६ छोरा र ३ छोरी भए । उनको एक मात्र चाहना थियो की, उनका सबै छोरा एक शिक्षित ब्यतिm बनेर देश र गाउँको नाम राखुन भन्ने चाहन्थे । उहाँले आफ्नो छोराहरुलाई माध्यमिक शिक्षा भारतको मधुवनी जिल्लामा खिनहर भने गाउँवाट गराउनु भयो भने उच्च शिक्षा भारतकै मधुवनी जिल्लाको रामकृष्ण कलेजबाट र अर्को कुनै बिद्यालयबाट शिक्षा हासिल गरी नेपाल फर्केका उनका जेठा छोरा मध्ये स्वः राम कृष्ण राय जुन गाउँ घरमै बस्नुभयो । उनले आफ्नो सम्पतिको रेखदेख गर्दे जानुभयो । अन्तिम समय सम्म दोश्रो छोरा स्वः हरे कृष्ण राय जुन गौशला हाईस्कुलको प्रधानाध्यापक भएर अवकाशप्राप्त गरी आफ्नै कालगतिले बित्नुभयो । तेश्रो छोरा स्वः जय कृष्ण राय जुन निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक शिक्षक सिमरदही गाउँमा हुनुुहुन्थ्यो । त्यतिबेला शिक्षक पाउन एकदम दुर्लभ र कठिन थियो ।
सिरसिया गाउँमा उपलब्ध सेवाहरु :
१. LPG ग्याँसको गोदाम ।
२. किराना खाद्यान्न को हरेक सामान उचित मूल्यमा उपलब्ध ।
३. महिलाहरुको लागि कोस्मेटिक सामाग्री ।
४. मिथिलाको पहिचान जुन हामी हरेक चाँड पर्वमा रीतिरिवाज अनुसार भगवानलाई चढाइने पान पसलको रुपमा
प्रख्यात ।
५. औषधोउपचार अन्य स्वास्थ्यमूलक चिकित्सकीय सुधिवा ।
७. माछा, मासु को लागी प्रशस्त्र माछा पोखरी र कुखुरा फार्म ।
८. प्रत्येक गाउँगाउँमा यातायातको सुविधा उपलब्ध ।
९. अहिलेको आधुनिक जमाना पनि आफ्नै खेतबारीको लोकल चामल र अन्य खाद्य सामग्रीको व्यवस्था ।
१०. इन्टरनेट सेवाको भरपर्दो सप्लार्य ।
नेपाल सरकारको शिक्षक सेवामा जागिर खाए पछि उहाँको पनि आफ्नै कालगतिले मृत्यु यो । चौथो छोरा स्वः उदय कृष्ण राय जुन त्रिभुवन विश्वविद्यालयमा रजिस्टारको पदवाट अवकाश प्राप्त गर्नुभएपछि आफ्नै कालगतिले मृत्यु भयो । पाँचो छोरा प्रा.डा. विद्या किशोर विमल राय त्रिभुवन विश्वविद्यालयको कानुन संकायको डिन पदवाट अवकाश प्रप्त गरेर आफ्नो जिवनकाल काठमाण्डौंमा बिताइरहेका छन् भने कान्छो छोरा श्री प्रमानन्द राय जी नेपाल सरकार नदी तथा नियन्त्रण कार्यालयको प्रमुख ईन्जिनियर पदवाट अवकाश प्राप्त गर्नु भयो अहिले आफ्नो जिवनकाल जनकपुरमा बिताईराख्नु भइरहेको छ ।
सिरसिया गाउँमा यी व्यक्ति पछि अरु धेरै सरकारी जागिर गर्ने ब्यक्ति भए, आए, गए । अनि हरेक पोष्टमा कार्यरतछन भने अहिले कोही कोही पुलिस सेवावाट अवकाश प्राप्त गरिसके पछि पनि आफ्नो जन्मभूमिमा बसोबास गर्दे आइरहेका छन् । प्रहरी प्रशासनमा अधिकृत स्तर देखी सिपाहीसम्म र मेडिकल क्षेत्रका डा.सम्म कार्यरत छन् ।
पछिल्लो समयमा प्राय युवा विदेश पलायन भइरहेकाछन् वेरोजगारीका कारण । समान्यत मानिस गाउँवाट बाहिर जानुका कारण उच्च शिक्षा हासिलका लागी पनि बहिर जानुपर्ने बाध्यता छ । तर पनि आफ्नो जन्मे हुर्केको गाउँघरको माया कसलाई पो हुँदैन र १
कुनै पनि मानिस जो गाउँमा बस्छ, उसलाई गाउाघरको कुनै कार्य गर्न सजिलो हुन्छ । कुनै संस्था होस् या उद्योगधन्दा हरेक कुराको सहयोग र सहकार्य हुन्छ । पहिलाको जमनामा मानिसलाई कठिन हुन्थ्यो । अहिले सामाजिक कार्य र शिक्षा स्वास्थ्य जस्ता सेवा लिन अप्ठेरो छैन सबै सुविधा गाउँ मै उपलब्ध हुन्छन् ।
मानिसले आफ्नो माटोको मोह छोडेर किन बाहिर पलायन हुन्न्छन् त्यसतर्फ पनि साचनिइ हुन आवश्यक छ । अहिले हरेका सुविधा प्राप्त भएपनि गाउँमा बस्न मन लाग्दैन । किन भने आजको युवा पिडी मोजमस्ती, सुख, सहेलमा रमाउन खोज्दछ । आजभोलि त कोरोना भाइरसले हरेक मानिसलाई एउटा पाठ सिकाएको छ । जो अहिले देश विदेशमा रोकिए। बसेका छन् तिनीहरुले गाउँलाई सम्झिरहेका छन् । पहिलो बाश्यता र रहले विदेशीएका नेपालीलाई कति खेर आफ्नो गाउँघरमा पुग्यौ र आफ्नो परिवारजनसँग सुरक्षित बसौं भइरहेको होला । तर आवतजावत गर्न मिल्दैन विश्व नै लकडाउनमा रहेको छ । अहिले मानिसलाई कोरोना रोग एकदम जोखिम भएर आएको छ । गाउँमा को कहाँबाट आएको हो भनेर थाहा हुन्छ त्यसैले सतर्कता हुनु आवश्यक पनि छ ।
जन्म दिने आमा र जन्मभूमि सबैलाई प्यारो लाग्छ । चीनको बुवान सहर हुँदै पुरा विश्वलाई आफ्नो कब्जामा राखिरहेको कोराना अहिले नेपालको गाउँ घर बस्तीतिर डुलिरेको छ । सारा मानिसहरु शहर छाडेर गाउँघरतिर पलायन भएका छन् । जिवन रह्यो भने जे पनि गरौला तर जिवन रहेन भने अर्को जुनी भेटौला जस्तै भइरहेको छ आजकालको वातावरणले । बिदेशबाट आउने रेमिट्यान्स समेत बन्द भएर नेपाली भूमिमा नै पसिना बगाएर आम्दानी गर्नुपर्ने सवक सिकाएको पनि छ कोरोनाले ।
मानिसलाई चाहे ग्रिन कार्ड होस्, चाहे यूरोपको पि.आर. अब चाहिदैन । आफ्नो देश नै प्यारो लाग्छ । हरेक मानिस रोजगार र पैसा को लागि विदेसिन बाध्यछन् । हाम्रो देशमा थोरै बहुत आवश्यकता पुरा गर्न सकिए पनि सबै इच्छा आकांक्षा पूरा गर्नका लागी बिदेशिनु बाध्यता रहेको छ । त्यही भएर नेपाली विदेशको बाटो रोज्न बाध्य छन् ।
सुन्दर शान्त विशाल देश नेपालमा यो सुन्दर गाँउ सिरसियाको बारेमा लेख्ने उद्देश्य नै यही मनसाय हो मेरो । मेरो जन्मभूमि र मेरो कर्मभूमिलाई दर्शाउन खाजेको छु । जे भए पनि जति ठुलो भएपनि आफ्नो देश र माटोलाई कहिल्यै विर्षनु हुँदैन जो कोहीले । गाउँ र ठाउँको विकास र माया गरिरहनु पर्छ ।
हाल :
कलंकी, काठमाण्डौं
सम्पर्क नं. : ९८०६४०१४५२
ईमेल : amritbhatta55@gmail.com