आज फेरि थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ९ जना कोरोना भाइरस संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर हेटौडा- ३ की ५४ वर्षीय महिला, भक्तपुर- ९ की ४२ बर्षीया महिला,सप्तरी बलान बिहुल गाउँपालिका -३५ वर्षे पुरुष र बारा सिमरगढ नगरपालिकाका २२,२७, ३० ,३४,३७,४५ का पुरुष भएको जनाइएको छ ।

योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।