९० जना यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी

कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स  (पिआइए) को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको पिआइएका प्रवक्ता अब्दुल सत्तरले पुष्टि गरेका छन् ।

उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए ।

अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर) ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ ।