बाँसखर्क सुन्तला बजारीकरणका लागि जोखिम सडकले किसानलाई हैरानी

 माघ १८, जलजला पर्बत /नेपालकै सर्वउत्कृष्ट स्वादिलो सुन्तला उत्पादन पकेट क्षेत्र पर्बत जिल्ला जलजला गाउपालिका १ बास्खर्क वडा का २६१ मध्ये २ सयभन्दा बडि घरले ब्यावासायिक रुपमै सुन्तला खेती गरेका छन। बोटभरी लटरम्म पाकेको सुन्तलाले मङ्सिर देखि फागुन सम्म गाउँ पहेलै देखिन्छ। नेपालको काठमाडौं , मुग्लिङ, नारायणघाट, पाेखरा जस्ता मुख्य बजार मा पुग्ने गर्दछ।

सुन्तला उत्पादन क्षेत्र बाट बजार सम्म सप्लायर्स गर्नका लागि भने कृषक लाई दाँतमा ढुङ्गा चापाएझै भएको छ।
बिडम्बनाको कुरा सडक सन्जालले छोयोको झन्डै २० बर्ष भन्दा बढी हुदा समेत छिमेकी म्याग्दी जिल्ला मा सरर गुडिरहेका यातायात साधन लाई हेरेर चित्त बुझाउन बाध्य छ्न ।

बेनि कालिपुल बगरफाँट – बाँसखर्क सडक झन्डै ८ देखी १० कि. मि. दुरिमा हुदा पनि अलपत्र अवस्था मा रहेको बाटो को बारेमा स्थानियतह / प्रदेश सरकार र संघीय सरकार को कुनै चासो र चिन्ता नदियको स्थानिय जगत खत्री ले गुनासो गर्नु भयो ।
तेसै गरि मिलनचोक मल्लाज माझफाँट सडक को पनि उहीँ हालत रहेको छ।यदि राज्यले सहज तरिकाले सडक सुबिधा बनाइदिने हो भने जलजला १को बास्खर्क बाट मात्रै बर्सेनि १५ करोड भन्दा बढी को सुन्तला उत्पादन र बिक्री वितरण सहज सुबिधा हुनेछ।